उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक साह


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक साह नियुक्त भएका छन् ।

गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिए लगत्तै साह मन्त्री नियुक्त भएका हुन् ।

उनले आजै पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतलमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा सपथ ग्रहण गरेलगत्तै मन्त्री साहले सिंहदरबारस्थित उद्योग मन्त्रालयको कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन्।

साह सुनसरी ४ बाट निर्वाचित सांसद हुन्।

ग्यास सङ्कट बढिरेका बेला आज गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन् ।