सम्पत्ति शुद्धीकरण मुद्दामा हिमालयन रिइन्स्योरेन्सकी तत्कालीन सिइओ पौडेल ५० लाख धरौटीमा रिहा


काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सकी तत्कालीन सिइओ उपासना पौडेल ५० लाख धरौटीमा रिहा भएकी छन् ।

आज थुनछेक बहसपछि विशेष अदालतले पौडेलसँग ५० लाख धरौटी माग गरेको हो । उनले बैंक ग्यारेन्टी राखेर रिहा भएकी छन् ।

न्यायाधीस बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा पौडेलसँग ५० लाख धरौटी माग गरेको हो । उनले बैंक ग्यारेन्टी राखेर रिहा भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।