काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद मल्लले जलविद्युत आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भएको र कति वटामा अझै जारी रहेको भन्नेबारे सरकारले संसदलाई स्पष्ट जानकारी दिनुपर्ने बताए।
उनले २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–ए जलविद्युत आयोजनामा बेपत्ताको खोजी कार्यको पछिल्लो अवस्थाबारे समेत सरकारसँग जवाफ माग गरे।
सांसद मल्लले बाढीका कारण मृत्यु भएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डीएनए परीक्षण तत्काल सम्पन्न गरी त्यसको औपचारिक जानकारी पीडित परिवार तथा आम नागरिकलाई दिन सरकारसँग आग्रह गरे।
उनका अनुसार बाढीपीडित परिवारहरू आफन्तको अन्तिम संस्कार गर्न डीएनए परीक्षणको रिपोर्टको प्रतीक्षामा छन्। त्यसैले परीक्षण प्रक्रिया छिटो सम्पन्न गरी परिणाम सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, मृतक तथा बेपत्ता सुरक्षाकर्मीका लागि प्रहरी संगठनले राहत घोषणा गरेजस्तै मृतकका परिवारलाई राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने माग उनले गरे।
सांसद मल्लले भने, “जलविद्युत आयोजनाका सुरुङहरूमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भयोरु कति वटामा जारी छरु माथिल्लो त्रिशूली–ए ९२१६ मेगावाट० को खोजी कार्यको पछिल्लो अवस्था के छरु”
उनले धेरै पीडित परिवार आफन्तको अन्तिम संस्कारका लागि डीएनए रिपोर्टको पर्खाइमा रहेको भन्दै परीक्षण कहिलेसम्म सम्पन्न हुन्छ र आम नागरिकले त्यसको औपचारिक जानकारी कहिले पाउँछन् भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।
यस्तै, मृतक परिवारको राहत तथा उद्धार कार्यका लागि सरकारले राहत प्याकेज कहिलेसम्म घोषणा गर्छ भन्नेबारे समेत उनले प्रश्न गरे।
सांसद मल्लले बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराए। उनले बालबालिकाकेन्द्रित मनोपरामर्श तथा किशोरी सुरक्षाका कार्यक्रम पनि तत्काल सञ्चालन गर्न माग गरे।


प्रतिक्रिया दिनुहोस्