काठमाडौं।
शुभश्री कलेजको सहकार्यमा सशस्त्र प्रहरीलाई ‘हस्पिटालिटी एन्ड फुड म्यानेजमेन्ट’ तालिम
काठमाडौं । सशस्त्र प्रहरी गण नम्बर १, नक्सालमा कार्यरत प्रहरी कर्मचारीका लागि सञ्चालन गरिएको ‘हस्पिटालिटी एन्ड फुड म्यानेजमेन्ट’ तालिम सम्पन्न भएको छ।
शुभश्री कलेज अफ म्यानेजमेन्टको सहकार्यमा दुई चरणमा सञ्चालन गरिएको तालिममा १४ जना प्रहरी कर्मचारी सहभागी भएका थिए। पहिलो चरणको तालिम २०८३ भदौ १४ देखि १६ गतेसम्म र दोस्रो चरणको तालिम भदौ २१ देखि २३ गतेसम्म सञ्चालन गरिएको थियो।
तालिम सम्पन्न भएपछि असोज १ गते सहभागी प्रहरी कर्मचारीलाई प्रमाणपत्र वितरण गरिएको हो। गण प्रमुख प्रहरी उपरीक्षक अपील राज बोहराको प्रमुख आतिथ्य तथा शुभश्री कलेज अफ म्यानेजमेन्टकी प्रिन्सिपल मनिता वलीको उपस्थितिमा प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा गण प्रमुख बोहराले तालिमबाट प्राप्त ज्ञान र सीपलाई अनुशासित, सक्रिय र व्यावहारिक रूपमा प्रयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिए।



प्रतिक्रिया दिनुहोस्