नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेको छ। सो गिरावटसँगै नेप्से २६०३ अंकमा झरेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार कुल कारोबार रकम ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये ६९ वटाको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको मूल्य भने स्थिर रह्यो।

समूहतर्फ व्यापार समूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ। उक्त समूह १.८७ प्रतिशतले घटेको हो।

मंगलबार सयपत्री हाइड्रोपावर, सर्वोत्तम पेन्ट्स र हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य बढेको छ। धौलागिरि लघुवित्त, एपोलो हाइड्रोपावर र शिखर पावरको मूल्य भने घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र सिद्धार्थ बैंक अगाडि रहेका छन्।