काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरोृअंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
शुक्रबार नेप्सेमा १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ५३ लाख ४४ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत २०८९ ९० का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १४.२९ प्रतिशतले बढेको छ ।
त्यस्तै सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य मूल्य ८.५५ प्रतिशतले घटेको छ ।
कुल ३५६ कम्पनीको एक करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रूपैयाँभन्दा बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्