काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयर घटेको छ भने बाँकी एउटा मात्रै बैंकिङ उपसमुहको सेयरमूल्य बढेको छ ।
बुधबार घलेम्दी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड २१ लाख बढिको सेयरकारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।
कुल ३५९ कम्पनीको १ करोड ३० लाख ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड ८० लाख बढिको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्