काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज बिहान गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ६ जनाको उद्धार गरिएको जानकारी गराएका छन् ।
प्रधानमन्त्री शाहले जगत् क्षेत्रमा रहेका ६ जनाको उद्दार गरिएको जानकारी गराएका छन् ।
बाढीपछि खोजी तथा उद्दारका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिएको छ ।
बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्