आजका लागि विदेशी मुद्राको विनिमयदर तय


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ४८ पैसा र बिक्रीदर १५५ रुपियाँ ०८ पैसा, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ०५ पैसा र बिक्रीदर १७३ रुपियाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ४२ पैसा र बिक्रीदर २०५ रुपियाँ २१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९० पैसा र बिक्रीदर १०८ रुपियाँ ३२ पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ १२ पैसा र बिक्रीदर ४१ रुपियाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ४२ पैसा र बिक्रीदर ४२ रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४२ रुपियाँ ०६ पैसा र बिक्रीदर ४२ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा विनिमयदर निर्धारण गरिएको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ५०१ रुपियाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपियाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपियाँ ०६ पैसा बिक्रीदर ४१० रुपियाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपियाँ २४ पैसा र बिक्रीदर ४०२ रुपियाँ ८० पैसा रहेको छ ।