काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ अंकमा पुगेको छ ।
आज नेप्सेका कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार नेप्सेमा कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको थियो । कम्पनीको २५ करोड १९ लाख ८३ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।
यस्तै, रिड्ज लाइन इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.२९ प्रतिशतले घटेको छ ।
कुल ३५४ कम्पनीको एक करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्