काठमाडौँ । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उनलाई अस्पताल लगिएको थियो । तर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
एमालेबाट लामो समय राजनीति गरेका पौडेल एकीकृत समाजवादीमा हुँदै नेकपा संयुक्तमा सक्रिय भएका थिए । उनी जनता टेलिभिजनका अध्यक्ष समेत हुन् ।


प्रतिक्रिया दिनुहोस्