आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९४ पैसा र बिक्रीदर १५३ रुपियाँ ५४ पैसा, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ०३ पैसा र बिक्रीदर १७१ रुपियाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ४२ पैसा र बिक्रीदर २०३ रुपियाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ६१ पैसा र बिक्रीदर १०७ रुपियाँ ०३ पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७२ पैसा र बिक्रीदर ४० रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९६ पैसा र बिक्रीदर ४२ रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६४ पैसा र बिक्रीदर ४१ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ४८ पैसा र बिक्रीदर ११ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपियाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ ८२ पैसा बिक्रीदर ४०६ रुपियाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ २२ पैसा र बिक्रीदर ३५८ रुपियाँ ७८ पैसा विनिमयदर कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।