४ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ अंकमा पुगेको छ ।

आज नेप्सेका कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्सेमा घलेम्दी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको थियो । कम्पनीको ३६ करोड ४७ लाख ७८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा सगरमाथा लजविद्युत् कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १२.४४ प्रतिशतले बढेको छ ।

यस्तै, स्नो रिभर्सका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले घटेको छ ।

कुल ३५१ कम्पनीको एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।