फर्स्ट माइक्रोफाइनान्सकाे ११ प्रतिशत लाभांश घाेषणा


काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलई ११.०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

असोज २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२र८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार कम्पनीले २०८३ असार मसान्तको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको आधारमा करसहित १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा पेस गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ ।