मानुषी लघुवित्तको सेयर नेप्सेमा सुचिकृत, भोली कतिमा हुन्छ पहिलो कारोबार ?


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि सोमबारबाट कारोबारमा आउने भएको छ ।

आज कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएसँगै भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको नेप्सेले जनाएको छ ।

मानुषी लघुवित्तको कुल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ।

नेप्सेमा सुचिकृत भएको कम्पनीको कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर मध्ये सर्वसाधारणको ३ लाख ९३ हजार ७५० कित्ता र संस्थापकको ७ लाख कित्ता रहेका छन्।

नेप्सेले मानुषी लघुवित्तलाई ‘एमएलबीएस’ कारोबार संकेत प्रदान गरेको छ। त्यस्तै पहिलो कारोबारका लागि न्यूनतम १३२.६९ देखि अधिकतम ३९८.०७ ओपनिङ रेन्ज तोकिएको छ।

यदि भोलि स्पेसल प्रिओपन सेसनमा मानुषी लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुला हुनेछ।

मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। गत भदौ ७ गते यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिएको थियो।

Skip This