काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८३ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले घटेर ३ हजार ९३० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्