काठमाडौँ। लक्ष्मी सनराइज बैंकले सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ।
यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्