काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा, नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलन सुरु हुने जानकारी दिएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ भदौ १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ पुस २५ गते प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ।
आयोजनाले सार्वजनिक गरेको शुल्क तालिकाअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं हुँदै बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी, मिनी बस तथा मिनी टिपररट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक, लोडर तथा भारी उपकरणका हकमा काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं हुँदै बाहिरिँदा ३५० रुपैयाँ शुल्क लाग्नेछ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्