काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड भन्दा बढी ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको ।
सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदान सहजै प्राप्त गराइदिने विश्वास दिलाउँदै ५ करोड ८० लाख रुपैयाँ ठगेको आरोपमा तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन (काठमाडौं, ताहाचल) र प्रेम नारायण खनाल (ललितपुर, नखिपोट) लाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
जालिम सिंह महतोको उजुरीका आधारमा दर्ता भएको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सिआइबीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्