काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको तिहार तथा भाइटीकाको साइत सार्वजनिक गरेको छ। यस वर्ष भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
समितिका अनुसार कात्तिक २० गते धनतेरसबाट यमपञ्चक सुरु हुनेछ। कात्तिक २१ गते काग तिहार, २२ गते कुकुर तिहार र लक्ष्मीपूजा, २३ गते गाईपूजा तथा २४ गते गोवर्धनपूजा र म्हपूजा मनाइनेछ।
कात्तिक २४ गते नै नेपाल संवत् ११४७ सुरु हुनेछ भने २५ गते यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ।
समितिले भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिनुपर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्