नेप्से दोहोरो अंकले घट्यो, निफ्राको सर्वाधिक कारोबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१४ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ८.५३ अंकले बढेर ४६१.८२ अंकमा पुगेर रोकिएको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समुह राताम्ये बनेका छन् ।त्यसैगरी, बिहीबार कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । बैंकको ९० करोड ३५ लाख ६७ हजार ५ सय ७७ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

कूल २०६ वटा कम्पनीको एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएको छ ।