झिनो अंकले घट्यो नेप्से परिसूचक, बढ्याे काराेबार रकम


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ अंकमा झरेको छ ।

आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

शुक्रबार नेप्सेमा लुम्बिनी विकास बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड ४८ लाख २९ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।

यस्तै, मेनचियम हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ४.०८ प्रतिशतले घटेको छ ।

कुल ३४८ कम्पनीको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड १५ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।