पसिना सुँघेर कोरोना पत्ता लगाउने कुकुर


काठमाडौ । मानिसको पसिना सुँघेर कोरोनाभाइरस पत्ता लगाउने कुकुरलाई तालिम दिइएको छ । पसिनालाई सुँघेर कुकुरले कोरोना पत्ता लगाउने परीक्षण ९५ प्रतिशत सही भएको प्रमाणित भएको छ ।

भीडाभाड भएको ठाउँमा कोरोनाभाइरस संक्रमितको पहिचान केही सेकेन्डमा पत्ता लगाउने गरी यो परियोजना सञ्चालन गरिएको र यसबाट ९५ प्रतिशत सही भएको यो परियोजनाका प्रमुखले बताएका छन् ।

६ महिनाको परियोजनामा ६ डिब्बामा पसिनाबाट कोरोनाभाइरसको पत्ता लगाउने परीक्षण गरिएको थियो ।

प्राफेसर केवाली चातदारोङले भने “ कुकुरहरूले दुई सेकेन्डमा कोरोनाभाइरस पत्ता लगाउँछन् ।”

रोयटर्सले जनाए अनुसार एक मनेटमा ६० नमूनाको परीक्षण गर्न सकिने छ । कोरोनाभाइरसका लक्षण नहुने व्यक्तिमा भाइरस संक्रमण भए त्यसको पत्ता कुकुरले सुँघेर पत्ता लगाउन सक्ने अनुसन्धानकर्ताहरूले बताए ।

चिली, फिनल्यान्ड र भारतलगायतका देशमा कुकुरले सँुघेर पत्ता लगाउन परीक्षण थालिएको छ । जर्मनीको पशु क्लिनिकले गत महिना सुँघेर पत्ता लगाउने कुकुरले मानिसको खकारबाट कोरोना पत्ता लगाउने कार्यमा ९४ प्रतिशत सही ठहर गरेको जनाएको थियो ।
यो परीक्षणको अर्को कदम थालिने भएको छ ।