काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपिएल–३) लाई लक्षित गरी ‘एनपिएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले रु. ५९९ मा उक्त प्याकेज खरिद गर्न सकिनेछ । यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ ।
२०८३ कात्तिक १० गतेदेखि आगामी २०८३ मंसिर ५ गतेसम्म प्याकेज खरिद गर्न सकिने छ । कम्पनीका अनुसार सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।
नेपाल प्रिमियर लिग सिजन–३ को नेपाल टेलिकम अफिसियल टेलिकम पार्टनर समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्