साताकाे अन्तिम दिनकाे काराेबार ३२ अंकले घट्यो सेयर बजार


काठमाडौं । साताको अन्तिम दिनको कारोबार पनि ओरालो लागेको छ । नेप्से परिसुचक बुधबार ५०.५८ अंकले बढेर २६६५.९३ पुगेको थियो ।

विहीबार भने नेप्से परिसुचक ३२.५१ अंकले घटेर २६३३.४२ अंकमा झरेको छ । नेप्से १.२२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ६.४१ अंकले घटेर ४९७.०५ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूह बढेको छ । व्यापार, अन्य र म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी १० वटा उपसमूहको सेयर घटेको हो ।

कूल २२५ वटा कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।