जेएलपीटीको आवेदन फारम शुल्क खल्ती बाट भुक्तानी गर्न सकिने


काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीबाट जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को भुक्तानी गर्न सकिने भएको छ । जलतान सँगको सहकार्यमा जेएलपीटीको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा ल्याएको हो ।

अब परिक्षाको फारम भुक्तानी खल्तीबाट गर्न सकिने छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जलतानको कार्यालय भृकुटिमण्डप पुगेर शुल्क तिर्नु पथ्र्यो । यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो ।
यसको लागि जलतानका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेल बीच सम्झौतापत्रमा हस्तक्षर भएको छ ।