सहकारीले लगानीको ५० प्रतिशत हिस्सा अनिवार्य रूपमा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने


काठमाडौं । सहकारी संस्थाहरुले ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा आर्थिक वर्ष ०७८/७९ को अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै सहकारीको लगानीलाई नियमन गर्न नयाँ नीति अबलम्बन गर्ने बताएका छन् ।

“सहकारी संस्थाहरूले भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पर्ने व्यवस्था गरिनेछ,” शर्माले भने । सहकारी क्षेत्रको अनुगमन सम्बन्धी नीति र संयन्त्र बनाउने उनले बताए ।

नेपाल राष्ट्र बैंकले यसअघि बैंकहरूले कर्जाकाे २५ प्रतिशत लगानी कृषि र ऊर्जामा व्यवस्था गरेकाे छ । सहकारी क्षेत्रकाे नियमनकाे नयाँ माेडालिटी कस्ताे हुनेछ भन्ने विषय भने सरकारकाे नयाँ याेजनामा भर पर्नेछ ।