बैंकको ब्याजदर बढ्दा सेयर बजार प्रभावित, ७६ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज पनि सेयरबजार भारी अंकले घटेको छ । बिहीबार ७६ अंकले बजार घटेको हो ।
बैंकहरुले असोज १ गते शुक्रबार देखि लागु हुनेगरी निक्षेपको व्याजदर बढाएपछि त्यसको प्रत्यक्ष प्रभाव सेयरबजारमा आज देखिएको लगानीकर्ताहरु बताउँछन् ।

उता १२ करोड सेयर कर्जा प्रकरण पछि निरन्तर सेयरबजार घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि १२.७३ अंकले घटेर ५२५.७८ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

आज कारोबार रकमका आधारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५ सय ८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज मनकामना लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

जसमध्ये ४ वटा डिबेञ्चर, ३ वटा संस्थापक सेयर, एउटा म्युचुअल फण्ड र अन्य २ वटा भने कम्पनी रहेका छन् ।

कूल २२९ वटा कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।