समयमा मल ल्याउन नसकेर कालोसूचीमा परेका कम्पनी सञ्चालक समेत पदक पाउने सूचीमा


काठमाडौं । रासायनिक मल समयमा आयात नगरेपछि कालो सूचीमा परेका ठेकदार समेत सरकारबाट पदक पाउने सूचीमा परेका छन् । मल समयमा ल्याउन नसकेका ठेकेदार हुमनाथ कोइरालाले प्रबल जनसेवाश्री पाउने भएका हुन् ।

संविधान दिवसको अवसरमा आज घोषणा गरिएको पदकको सूचीमा कोइरालाको नाम छ ।

कोइराला होनीको मल्टिपल प्रालिका सञ्चालक हुन् । होनीको समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ ।

होनीको मल्टिपल प्रा.लि. सन् २०२१ मार्च ६ देखि २०२२ मार्च ५ तरिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा परेको छ । प्रबल जनसेवाश्री विभूषणको १०८ नम्बरमा कोइरालाको नाम छ।