गैर आवासीय नेपाली संघको अध्यक्षमा रविना थापाको उम्मेद्वारी घोषणा


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा रविना थापाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन् । विहीबार एक कार्यक्रमबीच थापा समूहले उम्मेद्वारी घाेषणा गरेकाे हाे ।

अध्यक्षमा रविना थापा, महासचिवमा विनय अधिकारी र उपाध्यक्षमा जय प्रकाश गुरुङले उम्मेद्वारी घोषणा गरिएकाे छ । थापा हाल अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष रहेकी छिन् । उनले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१– २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

एनआरएनएको २० बर्षको अन्तरालमा जमुना गुरुङले गरेकाे कोसिसलाई सफल पार्न आफू अगाडि बढेकाे उनले बताइन् । थापाले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था, मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनका लागि भइरहेको पहल, गैरआवासीय नेपाली संघमा युवा र महिलाको नेतृत्व सुनिश्चित गनै उम्म्द्वारी घोषणा गरेको बताइन् ।

रोजगारीको लागि विदेश जानेको स्वास्थ्य बिमा र पेनशनको व्यवस्था गर्न एनआरएनले स्वयतपत्र बुझाएको उनले बताइन् । एनआरएनमा १ लाख ५ हजार सदस्य रहेको तर सबैले भोट गर्न नपाउने भएकोले केन्द्रको पदाधिकारीको लागि सबैले भोट हाल्ने व्यवस्था गर्ने उनकाे प्रतिवद्धता छ ।

थापाले परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको बताइन् । उनले भनिन्, “समयमा नै चुनाव हुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ” ।

उपाध्यक्षका उम्मेद्वार गुरुङले गोर्खाको मुद्धा समाधान गर्न भुतपूर्र्व गोर्खाको समिति बनाए पनि राम्रोसँग काम नभएको भन्दै आप्mनो उम्मेद्वारीले गोर्खाको समस्या समाधान गर्न सक्दो पहल गर्ने बताए ।

महासचिवका उम्मेद्वार अधिकारीले नेपालमा समस्या पर्दा सेवा गर्न सँधै तत्पर रहेको बताए ।