२५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारण सभा


काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी संचालक समितिको बैठकले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश पारित गर्न कात्तिक १६ गते साधारण सभा बोलाईएको हो ।

कम्पनीको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्ण अनुसार कम्पनीको ५४औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार बिहान ११ बजेदेखि डिजिटल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा कम्पनीको चैत्र २३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७६÷२०७७ को लेखापरिक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा÷नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार कार्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।