२०२२ मा भारतमा बनेको इलेक्ट्रिक कार लञ्च हुने


काठमाडौं । भारतमा बनेको इलेक्ट्रिक कार “एमके२” २०२२ मा सार्वजनिक हुने भएको छ । बैंगलोरमा रहेको इलेक्ट्रिक वाहन स्टार्ट अप, प्रविण डायनेमिक्सले आप्mनो इलेक्ट्रिक कार भारतमा लञ्च गर्ने योजनको खुलासा गरेका हुन् ।

सुरुवाती चरणमा कम्पनीले २०२२ मा २५०० कार लञ्च गर्ने जनाएको छ । दोस्रो चरण २०२३ मा १ लाख बैंगलोर र दिल्लीमा निजी खरिदको लागि उपलब्ध गराउने जनाएको छ । त्यसपछि २०२५ मा तेस्रो चरणमा बैंगलोर स्थित आप्mनो निर्माण सुविधामा १० लाख कार उत्पादन गर्न समावेश हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो कार एकपटकको चार्जमा ५०० किलोमीटरभन्दा धेरै चल्ने जनाइएको छ । एमके२ लेभल २ एडीएएस सुविधाले सज्जित हुने बताइएको छ । ब्याट्रि प्याक लगायत सबै निर्माण भारतमै हुने तर केही भाग बाहीरबाट ल्याउने जुन टेस्ला कार र ओला स्कुटरमा प्रयोग हुने सामान छन् ।

यसलाई डिसी फास्ट चार्जरको माध्यमबाट ३० मिनेटभन्दा कम समयमा शुन्यदेखि ८० प्रतिशत चार्ज हुने जनाइएको छ ।