स्पेस एक्सले एलन मस्कलाई विश्वको पहिला खर्बपति बनाउने प्रक्षेपण


काठमाडौं । विश्वका अर्बपतिहरूको सूचीमा रहेका टेस्ला तथा स्पेस एक्स कम्पनीका संस्थापक एलन मस्क विश्वका पहिला खर्बपति बन्ने प्रक्षेपण गरिएको छ ।

मोर्गन स्टान्लीले टेस्ला र स्पेस एक्सका परियोजनाहरूले मस्कलाई छिट्टै दश खर्बका मालिक वा ट्रिलेनियर बनाउने जनाएको हो ।

टेस्लाले विद्युतीय वाहन बनाउने कम्पनी हो । यो कम्पनीले अभूतपूर्व लोकप्रियता प्राप्त गर्दै आएको छ ।

तर अन्तरिक्षको यात्रा गराउने कम्पनी स्पेसएक्स कम्पनीले मस्कलाई छिट्टै ट्रिलेनियर बनाउने द वाल स्ट्रिट इन्भेस्टमेन्ट बैंकले जनाएको छ ।

यसअघि मस्कले सन् २०५०सम्म दश लाख मानिसलाई अन्तरिक्षमा पु-याइसक्ने जनाएका थिए ।