हिरोको नयाँ स्कुटर ‘माएस्ट्रो एज ११०’ नेपालमा सार्वजनिक, मूल्य २ लाख १५ हजार


काठमाडौं । हिरोको नयाँ स्कुटर ‘माएस्ट्रो एज ११०’ नेपाल भित्रिएको छ । बिहीबार नेपाली बजारमा सार्वजनिक गरिएको यो स्कुटरमा ब्लुटूथ केनक्टिभिटी, कल अलर्ट लगायतका फिचरहरुमा रहेका छन् ।

नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले एक कार्यक्रमकाबीच स्कुटर सार्वजनिक गरेको हो ।

स्कुटरमा फर्स्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, फुल डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली र टर्न बाई टर्न नेभिगेसन सहित नयाँ सार्पर डिजाइनयुक्त छ ।

फुल डिजिटल स्पिडोमिटर रहेको यसमा रहेको टर्न बाई टर्न नेभिगेसनले सवारी चलाएर अगाडि बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो हुने र कल अलर्ट समेत गराउनेछ ।

आईथ्रीएस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्छ भने ग्राहकको सुविधाको लागि वाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ ।

नयाँ माएस्ट्रो एज ११० मा बीएस ४ अनुरुपको ११० सीसी इन्जिन छ, जसले ७५०० आरपीएममा ८ बीएचपी पावर र ५५०० आरपीएममा ८।७ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जानकारी दिएको छ।

स्कुटरको मूल्य २ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यो म्याट रेड र ब्लु गरी दुई कलरमा उपलब्ध रहेको छ । तो र नीलो रंगमा स्कुटर आउने बताइएको छ ।

जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिले नयाँ फिचरसहितको नयाँ स्कुटरलाई युवाहरुले बढी रुचाउने अपेक्षा लिएको बताए ।