साताको पहिलो दिन सुनको मूल्य घट्यो


काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

गत शुक्रबार पनि सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।