गैरसरकारी संस्थाको सशक्तिकरणको लागि नयाँ कार्यक्रमकाे सुरूवात


काठमाडौं । लिडरसिप एकेडेमी नेपालले गैरसरकारी संस्थाहरु असमानता कम बनाउन र नेपालका सिमान्तकृत समुदायको क्षमता विकास गर्नको लागि गैरसरकारी संस्थाहरुलाई समर्थन गर्ने कार्यक्रम सुरुवात गरेको छ ।

फोर्ड फाउन्डेसनको सहयोगमा कार्तिक २६ गते कार्यक्रमको सुरुवात गरिएको छ ।

यस कार्यक्रमले समाजमा पिछडिएका दलित र जनजातिको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको क्षमता वृद्धि गर्न गैरसरकारी संस्थाहरुले माग गरे अनुसार सेवा दिने बताइएको छ ।

व्यक्तिगत तथा संस्थागत क्षमताको विकास र गैर सरकारी संस्थाको पहुँच प्रभावकारीता पैरवीको दिर्घकालिनरुपमा विकास गरेर संस्थाको उदेश्य हासिल गरिने जनाइएको छ ।

यस कार्यक्रमले शक्तिशाली गैर सरकारी संस्था र उनीहरुको सञ्जालले स्रोत विश्वसनियता र स्रोत परिचालन गर्न दिर्घकालिन रुपमा सहयोग गर्ने अपेक्षा लिएको लिडरसिप एसोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अरुणराज जोशीले बताए ।

कार्यक्रममा गैरसरकारी संस्थाका अधिकारीहरुले मधेशका दलित, थारुहरु र मुसलिमलाई पनि पनि छुटाउन नहुने धारणा राखेका थिए ।

स्थानिय तहले निति बनाएर मातृभाषामा पढाउने ऐन बनाए त्यसले विकासमा सहयोग पुर्याउने उनीहरुले बताएका थिए ।

अपाङ्गता भएका व्यक्तिको नेतृत्व गर्ने खड्ग सारु मगरले आदिवासी जनजाती भित्र पनि अपाङ्गता भएको व्यक्तिको सवाल नबुझेकाले पहिले बुझाउनु पर्नेमा जोड दिए ।

“भुकम्प जाँदा भुकम्प प्रतिरोधात्मक घर बनाउने भन्ने आएको तर अपाङ्ग मैत्री बनाउनु पर्ने कुरा उठेन” उनले भने, “जबसम्म अपाङ्मैत्री हुँदैन तब सम्म हाम्रो अधिकार सुनिश्चित हुँदैन ।”

उनले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि गर्न जोड दिए ।

लिडरसिप एकेडेमी नेपालका वरिष्ठ कार्यक्रम संयोजक प्रभाकर प्रधानले गैरसरकारी संस्थाले माग गरे अनुसार कार्यक्रम गर्दै जाने बताए ।