एसियन लाइफ इन्स्योरेन्सद्वारा २७ प्रतिशत लाभांश घोषणा


काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको कुल २७ प्रतिशतले हुन आउने ५४ करोड २९ लाख ५ हजार ३९६.४० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २५ प्रतिशत बोनस सेयर र २ २१४.५५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ ।

समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।