ग्लोबल आईएमआई बैंकको खुद मुनाफा साढे २ अर्ब माथि


काठमाडौं । ग्लोबल आईएमआई बैंकले दोस्रौ त्रैमाससम्ममा साढे २ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अन्ुसार २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्षको ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार बैंक संचालन मुनाफा रहेको बैंकको सोही अवधीमा यस वर्ष १३.५७ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको खुद व्याज आम्दानी पनि गत वर्ष सोही अवधीको तुलनामा ०.४९ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ( ईपीएस) २२ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।