दैनिक थपिन्छन् ६ देखि ७ हजार डिम्याट खाता


काठमाडौं । दैनिक हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या बढ्दै गएको छ । पछिल्लो समये सेयरबजारमा देखिएको आर्कषण सँगै दैनिक डिम्याट खाता खोल्नेको संख्या ६ देखि ७ हजार रहेको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) आज आयोजना गरेको पुँजीबजार रिपोर्टिङसम्बन्धी अन्तर्क्रिरयामा कोरोना भाइरसको कारण देशमा लकडाउन जारी भएपछि सर्वसाधरणको सेयर बजारमा उपस्थिती बाक्लिएको सीईओ आचार्यले बताए।

सीईओ आचार्यका अनुसार हाल डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ। जसमा ५७ प्रतिशत पुरुष र ४३ महिलाले खाता खोलेका छन्। ‘विगत डेढ वर्षमा मात्रै ३४–३५ लाख डिम्याट खाता खोलिएका छन’,

उनका अनुसार डिम्याट खाता खोल्नेको संख्या ५० लाख र मेरो सेयर प्रयोगकर्ता ४१ लाख भएपनि धितोपत्र दोस्रो बजारमा भने १२ लाख जतिले कारोबार गर्ने गरेका छन् ।

त्यस्तै बजारमा सीडीएससीले धेरै शुल्क लिएको भन्ने भ्रम फैलिएपनि सेवाशुल्क भन्दा बढी नलिएको सीइओ आचार्यले प्रष्ट पारे । आचार्यले भने ‘हामीले सरकारले तोकेको सेवा शुल्क लिने हो, हामी आफैँले सेवा सेवा शुल्क तोक्दैनौँ’, उनले भने, ‘केही मिडियाले बढी शुल्क लियो भने भ्रम छरेका छन्।’

सीईओ आचार्यका अनुसार कम्पनीहरुले आईपीओ निष्कासन गर्दा प्रतिआवेदन २ रुपैयाँमात्रै सेवा शुल्क पाउने गरेको स्पष्ट पारेको छ। यस सबापत बैंकले बिक्री प्रबन्धकलाई १० रुपैयाँ प्रतिआवेदन दिने गर्छ । सोही १० रुपैयाँमध्ये २ रुपैयाँ सीडीएससीले पाउने हो त्यस्तै आचार्य डिम्याट खाता नवीकरण गर्दा सीडीएससीले १० रुपैयाँमात्रै पाउने स्पष्ट पारेको छ त्यही अनुसार सीडीएसीले पाउने हो ।