विदेश अध्ययन गर्न चाहने विद्यार्थीले एपबाटै सबै सेवा पाउने


काठमाडौं । सर्च एजुकेशन नेपालले नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ।

पोर्टल र एपले नेपाली विद्यार्थीहरूलाई घरमै बसेर विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको संस्थाका अपरेसन म्यानेजर अनुज श्रेष्ठले बताएका छन् ।

यस एप मार्फत विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि कलेज र युनिभर्सिटिहरु खोज्न सकिन्छ भने मनपर्ने कोर्स विद्यार्थीको आवश्यकता, ज्ञान र सीप अनुसार तुलना गरेर छनोट गर्न सकिने जनाइएको छ ।

श्रेष्ठका अनुसार विद्यार्थीले यस एप मार्फत आवेदन, कोर्स छनोट, यात्रा लगायतका विषयमा विशेषज्ञमार्फत सेवा लिन सकिन्छ ।
विद्यार्थीहरूलाई विदेशमा अध्ययन यात्रा सुव्यवस्थित गर्न र शिक्षाको लागि विदेशिन खोज्दा सामना गर्नुपर्ने समस्याहरू हटाउन यस एपले सहयोग गर्ने संस्थाका एसोसिएट डिरेक्टर तेज सिंङ विष्टले बताएका छन् ।

विद्यार्थीहरूले यस एप मार्फत अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज विष्टले बताए । कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारी पनि यस एप मार्फत घरमै प्राप्त गर्न सकिने उल्लेख छ ।

अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाताको रुपमा यो संस्था सन् २०१५ मा अस्ट्रेलियाको सिड्नी स्थापना भएको थियो । सर्च एजुकेशनले भारत, नेपाल र चिलीमा कार्यालय विस्तार गर्दै सेवाहरु दिँदै आइराखेको छ ।

नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, आयरल्याण्ड र न्युजिल्यान्ड जस्ता देशहरूमा पढ्ने विद्यार्थीलाई यस एपले सहयोग गर्ने जनाइएको छ ।