नेप्से दोहोरो अंकले घट्दा खुम्चियो कारोबार रकम


काठमाडौं । सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ । बुधबार नेप्से परिसूचक १९ अंकले घटेको छ भने कारोबार रकम पनि खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक बुधबार १९.६५ अंकले घटेर २६३१.३२ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ५.२२ अंकले घटेर ४९७.३७ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुह बढेका छन् भने बाँकी १० उपसमुह राताम्ये बनेका छन् ।

बुधबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ३६ लाख १ हजार ७ सय ८१ रुपैयाँको कारोबार भएको छ ।

आज इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार रहेको छ ।

त्यस्तै आज युनाइटेड इदी मर्दीका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ४।९२ प्रतिशतले घटेको छ ।

कुल २३१ कम्पनीका ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।