धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै, बोर्डमा दियो निवेदन


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रूपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न फागुन २३ गते बोर्डमा निवेदन पेश गरेको हो ।

कम्पनीले उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

संस्थाको हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्कासन भएपश्चात् १० करोड रूपैयाँ चुक्ता पूँजी कायम हुनेछ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी ०७५ साल फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आईरहेको छ ।