नेप्सेमा तीन कम्पनीको पौने ५ करोड बढी कित्ता सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ३ कम्पनीको पौने ५ करोड बढी कित्ता सेयर थपिएको छ ।

नेप्सेमा नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्तको ४ करोड ७७ लाख ८८ हजार २२.८५९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमा नबिल बैंकको मात्रै ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता, एक्सेलको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१.५० कित्ता बोनस सेयर छन् ।

यी तीनै बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीमा सूचीकृत भएको छ ।

गत वर्ष आर्थिक वर्षका लागि नबिलले ३३.६० प्रतिशत, एक्सेलले १२ प्रतिशत र स्वाभिमान लघुवित्तले ३२.३० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।