नयाँ वर्षको अवसर पारेर काठमाडौंमा सडक महोत्सव हुँदै


काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ । लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित काठमाडौंको दरबारमार्गमा १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंगको सहकार्यमा महोत्सव हुन लागेको हो । महोत्सव वैशाख ३ शनिबार हुने जनाइएको छ ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको महासंघले जनाएको छ ।

नेपाली नयाँ वर्षको अवसरमा वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष महोत्सव हुँदै आएकोे छ । सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुत गरिेने उल्लेख छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पर्यटन उद्योगलाई यो महोत्सवले राहत दिने बताएका छन् । उनले राजधानीमा हुने यो कार्यक्रमले देशैभर राम्रो संदेश जाने आशा व्यक्त गरेका छन् ।

महोत्सवको लागि महासंघसंग भएको सहकार्यका बारेमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने,“कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको छ र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको हाम्रो नेपाल पनि यो समस्याबाट अछुतो छैन । आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवद्र्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महासंघसंग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं ।”