नेप्सेमा १२ लाख बढी कित्ता सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा शुक्रबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। लघुवित्तको १२ लाख ८ हजार ७८९।१५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको २८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।