विप्रेषणको आप्रवाह घट्दो


काठमाडौं । विप्रेषणको आप्रवाह घट्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८.७ प्रतिशतले वृद्धि भएको विप्रेषण यो ८ महिनाको अवधिमा १.७ प्रतिशतले कमी आई रु.६३१ अर्ब १९ करोड कायम भएको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्ष ५.० प्रतिशतले बढेको रहेको विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको ८ महिनामा ३.० प्रतिशतले कमी भई ५ अर्ब २८ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढेपनि विप्रेषण भन्दै घट्दै गएको छ । फागुनसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २,२७,९०० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १,७८,२६२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई रु.७०४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।