सेयरबजारमा ९५ अंकको उछाल, १० कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट


काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा भारी अंकको उछाल आएको छ । विगत केही महिना यता निरन्तर घटेको सेयर बजारमा आजदेखि बाउन्स व्याक हुन लागेको संकेत देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि १७.७४ अंकले बढेर ४६०.८८ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ८.६ प्रतिशतले बढेको छ ।

आइतबार सानिमा बैंक लिमिटेडको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको संस्थापक सेयरको २२ करोड रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने १० वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लाग्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन् ।

यस दिन नेष्डो समृद्ध लघुवित्तसहित जम्मा ४ कम्पनीको सेयरमूल्य घटेको छ ।

कूल २३८ वटा कम्पनीको ६६ लाख ३९ हजार ५ सय ४ कित्ता सेयर किनबेचहुँदा हुँदा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।