सरकारले गरेको आयात कडाइमा सामान्य प्रभाव


काठमाडौं । सरकारले गरेको आयात कडाइमा सामान्य प्रभाव मात्रै देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धि प्रतिवेदन अनुसार पछिल्लो महिना सरकारले गरेको आयात कडाइको सामान्य प्रभाव मात्रै देखिएको हो ।

प्रतिवेदन अनुसार फागुन मसान्तमा १ खर्ब ६१ अर्बको आयात भएको थियो भने चैत्र मसान्तमा १ खर्ब ५७ अर्बको आयात भएको देखिन्छ ।

माघ मसान्तको तथ्याङ्क हेर्दा १ खर्ब ४८ करोड १ लाखको सामान आयात भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो ।

नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई रु.१३०६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १६७ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको
छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १३९ अर्ब २८ करोड बराबरको भएको थियो ।