१८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो


काठमाडौं । साताको कारोबारको पहिलो दिन देखि लगातार बढिरहेको सेयरबजार अन्तिम दिन आज भने दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १८ अंकले घटेपनि कारोबार रकम बढ्दा लगानीकर्ताको मनोबल भने नघटेको देखिन्छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक परिसूचक नेप्से परिसूचक १८.६४ अंकले घटेर २३५०.४२ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.७० अंकले घटेर ४५३.९६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये उत्पादन उपसमुह र अन्य उपसमुह बाहेक सबै उपसमुहको सेयर घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड १० लाख ६७ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सूर्योैदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २२८ कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २ सय ७२ रुपौयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।