विश्वका १०० टेक चेन्जमेकरकाे सूचीमा एफवान सफ्टका ढकाल


काठमाडौं । विश्वमा प्रविधि क्षेत्रका १०० चेन्जमेकरकाे सूचीमा नेपालका विश्वास ढकाल सूचिकृत भएका छन् । प्रविधि कम्पनी एफवान सफ्टका अध्यक्ष ढकाल रेस्ट अफ वर्ल्डको ‘१०० टेक चेञ्जमेकर’ को सूचीमा परेका हुन् ।

रेस्ट अफ वर्ल्ड अमेरिकाकाे न्युयाेर्कमा प्रधान कार्यालय रहेकाे नाफारहित अन्तरराष्ट्रिय गैर नाफामूलक पत्रकारिता संस्था हाे । पत्रकारहरूकाे याे संस्थाले प्रविधि, जीवनशैली, संस्कृति जस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने गर्दछ।

संस्थाले प्रविधिको क्षेत्रमा परिवर्तनकारी भूमिका खेल्ने व्यक्तिहरुको सूचीमा नेपालबाट ढकाललाई चयन गरेको हो। ढकालको नेतृत्वमा सन् २००४ मा स्थापित एफवान सफ्टले विशेषगरी बैंकिङ सफ्टवेयरको सेवा दिँदै आएको छ ।

हालसम्म उक्त कम्पनीले बनाएक १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैंकहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने गरेका पाइएको छ। कम्पनीको फोन पे तथा ई-सेवा लगायतका अनलाइन भुक्तानी सेवा पनि नेपालमा निकै रुचाइएको छ। रेस्ट अफ वर्ल्डले छाेटाे परिचय राखेकाे छ।

रेस्ट अफ वर्ल्डकाे साइटमा राखिएकाे ढकालकाे प्राेफाइल ।